सीके राउत नेतृत्वको पार्टीद्वारा काठमाडौँमा प्रदर्शन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सीके राउत नेतृत्वको पार्टीद्वारा काठमाडौँमा प्रदर्शन


२१ पुस २०७८, बुधबार


काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बुधबार) काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

केही दिनयता मधेश केन्द्रित आन्दोलनमा रहेका जनमत पार्टीका कार्यकर्ताले बुधबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले उखु किसानको भुक्तानी गर्नुपर्ने, उखुको मूल्य निर्धारण गर्नुपर्ने, किसानको माग सम्बोधनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने, समयमा मलखाद, बीउ, सिँचाइ व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस