माई नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

माई नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन


२१ पुस २०७८, बुधबार


मङ्गलबारे । इलामको माई नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजनामा भएको सो शिविरमा २४८ महिलासहित ४२६ जनाको स्वास्थ्य जाँच गरिएको हो ।

शिविर सञ्चालन गर्न सानिमा हाइड्रोपावर लिमिटेड माईले सहयोग गरेको थियो । दानाबारी स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न शिविरमा माई, देउमाई, इलाम र मेची नगरपालिकाका सर्वसाधारणको उपचार गरिएको नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाका अध्यक्ष मित्रप्रसाद गौतमले जानकारी दिए ।

शिविरमा डा. पिताम्बर ठाकुर, डा. आनन्दराज खनाल, डा. मेघना तिवारी, डा. सिपी यादव, डा. योगेन्द्र राउत, डा. सन्ध्या भट्टराईलगायत चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । सेवाग्राहीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस