राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्च तोक्यो निर्वाचन आयोगले « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्च तोक्यो निर्वाचन आयोगले


२१ पुस २०७८, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च तोकेको छ ।

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्ने पाउने जारी सूचनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावली खरिद एक हजार, सवारी साधन÷घोडा सत्तरी हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार तोकेको छ ।

यस्तै प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार –६। गोष्ठी÷अन्तरक्रिया एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा आयोगले ताकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस