एकैदिन प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एकैदिन प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य


२० पुस २०७८, मंगलबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस