मोरङमा एक महिनामा ३० हजार मतदाता थपिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोरङमा एक महिनामा ३० हजार मतदाता थपिए


१९ पुस २०७८, सोमबार


विराटनगर । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् ।

गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म प्रत्येक पालिकामा प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन गर्ने अभियान चलाएको थियो ।

अभियानअन्तर्गत मतदाता नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन मोरङको चार स्थानमा भोलिदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइयो ।

नामावली सङ्कलनका लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रङ्गेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली सङ्कलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।

उनले जिप्रका र यस कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको र छुट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको इकाइ चार वटै स्थानमा नामावली सङ्कलनका भइरहेकाले प्रत्येक राजनीतिक दलबाट सहयोग एवं सहजीकरण गर्न आग्रह पनि गरे ।

एक महानगरपालिका सहित सत्र वटा पालिका र छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा यसअघि छ लाख ६९ हजार मतदाता थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस