राष्ट्रिय सभाको बाँटफाँट: काँग्रेसले ६ पाउँदा माओवादी र समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले १ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभाको बाँटफाँट: काँग्रेसले ६ पाउँदा माओवादी र समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले १


१९ पुस २०७८, सोमबार


काठमाडौँ । सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् ।

सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।

यसअनुसार काँग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने भएका छन् ।

खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएकोबतइएको छ ।

यसो गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा काँग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा काँग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस