सवारी ज्यान मुद्दामा फरार भएका सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीका छोरा बबी सोडारी पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सवारी ज्यान मुद्दामा फरार भएका सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीका छोरा बबी सोडारी पक्राउ


१९ पुस २०७८, सोमबार


धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उनकाे उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो ।

घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्कविहीन भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस