पूर्वी चितवनमा चार मन्दिरका दान पेटिकाको नगद चोरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वी चितवनमा चार मन्दिरका दान पेटिकाको नगद चोरी


१८ पुस २०७८, आइतबार


चितवन । पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।

पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो ।

दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए ।

उनका अनुसार पाँचरसात जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन् ।

घटनाको प्रकृति हेर्दा पैसाका लागि चोरी गरिएको अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस