हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हेलम्बु क्षेत्रमा हिउँमा फसेको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एसियाली विकास बैंक (एडिबी)को विशेषज्ञसहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।

श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् उनीहरुको सकुशल उद्धार गरिएको बताइएको छ ।

चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौँ ल्याइएको छ । स्थानीय पथप्रदर्शकसहित अन्य १० जनालाई भने उद्धार गरेर हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित एक होटलमा राखिएको छ ।

एडीबीको विशेषज्ञ नेपाली टोली पहिरो अध्ययन गर्न मेलम्ची खोलाको उद्गमस्थल पुगेको थियो । त्यहाँ बस्दै आएको टेन्ट हिउँ पहिरोले बगाएपछि रातभर ओढारमा बस्नु परेको उनीहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस