२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै सञ्चालनमा आउन सकेन राजमार्ग

अ+ अ-

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।

नारायणगढ– बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण भत्किएपछि राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध भएको राजमार्ग ३० घण्टा बितिसक्दासमेत मर्मत हुन सकेको छैन । हिलोमा सवारी साधन फसेपछि झनै समस्या भएको छ । अवरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतको काम भइरहे पनि वर्षाले माटो भिजेर हिलो हुँदा निकै समस्या भइरहेको जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

नवलपुर क्षेत्रमा आज बिहानदेखि वर्षा रोकिएकाले अब मर्मत गरेर छिट्टै सञ्चालनमा ल्याइने उनको भनाइ छ । फेरि वर्षा भएमा सञ्चालनमा आउन अझै समय लाग्ने उहाँले बताए ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ – बुटवल सडकखण्डमा सडक विस्तारको काम चलिरहेकाले वर्षा हुँदा यहाँ सडक अवरुद्ध हुँदै आएको छ । धेरै ठाउँमा डाइभर्सन निर्माण हुँदा वर्षा हुनासाथ डाइभर्सन भत्किने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

कावासोतीमा सडक अवरुद्ध भएपछि साना सवारी साधन तथा बस कावासोतीदेखि दक्षिणतर्फ पिठौली हुँदै र उत्तरतर्फ रिठ्ठेपानी हुँदै आवतजावत गरिरहेका छन् । ठुला तथा मालवाहक सवारी साधन सडकमा रोकिएका छन् ।

अहिले पनि कावासोती र प्रगतिनगर क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सनका कारणले वर्षाको समयमा कयौँ दिनसम्म नवलपुरस्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

पुल तथा निर्माण भइरहेका कल्भर्ट छिटो निर्माण नगर्दा समस्या कायम रहेको छ । विभिन्न स्थानमा बनाइएका डाइभर्सनमा सामान्य पानी पर्ने बित्तिकै क्षति हुने, हिलो हुने र सवारी वारपार हुन नसक्दा मुख्य राजमार्ग नै घण्टौँ अवरुद्ध हुने गरेको छ ।

कम जनशक्ति परिचालनले कल्भर्ट तथा पुल निर्माण गर्दा निर्माण कार्य लम्बिँदै जाने गरेको छ । यसले कुनै पनि समय पानी परे राजमार्ग अवरुद्ध हुने गरेको छ । साथै पुल समयमा निर्माण नगर्दा डाइभर्सनका कारण यातायात सञ्चालनमा समेत कठिनाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस