बेलायतमा कोरोना भाइरस सङ्क्रमण सुरु भएपछिकै बढी सङ्क्रमित « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

बेलायतमा कोरोना भाइरस सङ्क्रमण सुरु भएपछिकै बढी सङ्क्रमित


१४ पुस २०७८, बुधबार


लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भए देखिकै सबैभन्दा बढी सङ्क्रमित भएका बताइएको छ ।

यहाँ गएको २४ घण्टा यता मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना सङ्क्रमित भेटिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा बताएका हुन् ।

उनीहरुका अनुसार यहाँ गएको २४ घण्टामा कोरोनाका कारण १८ जनाको ज्यान गएको बताएका छन् । यहाँ अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी सङ्क्रमित पाइएका छन् ।

त्यसै गरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।

पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको सङ्ख्या पनि बढ्दो देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस