इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र साउथह्याम्पटन बराबरीमा « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र साउथह्याम्पटन बराबरीमा


१४ पुस २०७८, बुधबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम बराबरीमा रोकिएको छ ।

मंगलबार भएको खेलमा टोटेनह्याम साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २५ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए ।

मोहमद सालिसुले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटियो ।

यस बराबरीसँगै टोटेनह्याम १७ खेलमा ३० अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । प्रिमियर लिग फुटबलमा हिजो भएका खेलमा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३–० र वेस्ट ह्यामले वार्टफोर्डलाई ४–१ ले पराजित गर्‍यो ।

Tags :
प्रतिक्रिया दिनुहोस