कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर


१४ पुस २०७८, बुधबार


जाजरकोट । मंगलबार रातिदेखि हिमपातसहित परेको पानीका कारण कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ । कर्णालीका अन्य हिमाली जिल्ला मुगु र हुम्लामा पनि केही दिन पहिलेदेखि नै हिमापान भइरहेको छ ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ । बिहानैदेखि यी जिल्लाको चहलपहल ठप्प भएको त्यहाँस्थित प्रहरी कार्यालयले जनाएका छन् ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरू भने पानी पर्दा खुसी भएका छन् तर हिमपातले जनजीवन भने प्रभावित भएको छ । वर्षाका कारण गहुँ र तरकारीलाई राहत भएको छ ।

उच्च भागमा भने लगातारको हिमपातका कारण जनजीवन कष्टकर भएको डोल्पा कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए । बिहानै घास संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहारामै समस्या भएको छ ।

चिसो अत्याधिक बढेको ठाउँमा विद्यालय खुल्न मुस्किल हुने पालिकास्तरीय शिक्षा इकाइले बताएका छन् । नियमित पानी परेका कारण यातायात सेवासमेत प्रभावित भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस