काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ । त्यसैगरी बितेको २४ घण्टामा देशभरबाट २६० जना कोरोनाका बिरामी संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ८ लाख ११ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० जना रहेका छन् । जसमध्ये ४ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने २४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।