२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा

अ+ अ-

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् ।

सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएको छ । खुला चौरका पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।

सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो अत्याधिक बढेको छ । खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकास्थित सूर्योदय माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले बताए ।

उनले भने ‘हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको छ । खुल्ला चौरमा परीक्षा दिन बाध्य छौँ । ‘विद्यार्थीले यसवर्ष पनि कोरोनाले पूरै समय अध्ययन गर्न नपाएको र चिसोले परीक्षा दिन सकस भइरहेको जनाएका छन् ।

सिमकोट गाउँपालिकास्थित मानसरोवर नमूना माध्यमिक विद्यालयका छात्रा एञ्जीला रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताइन् । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । शिक्षक रेसमराज रोकायाले चौरमा परीक्षा सञ्चालन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस