२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति

अ+ अ-

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधि गरेको अब्बल व्यक्तिलाई रजिष्ट्रार नियुक्ति गरेको बताउँदै उपकुलपति प्रा.डा. सिहले भने, ‘नेपालमा दुर्भाग्य छ, ठेकेदार हुने विज्ञानमन्त्री बन्ने, कानून पढ्ने उद्योगमन्त्री बन्ने संस्कार आज पनि छ । अब नेपालको पार्टी र सरकारले सांसदलाई मन्त्री हुने कुराबाट बन्द गर्नुपर्‍यो ।’

नेपालका पार्टी र प्रधानमन्त्रीलाई आग्रह गर्दै उपकुलपति प्रा.डा. सिंहले भने, ‘मान्नुहुन्छ भने कुनै पनि सांसदलाई मन्त्री हुने बाटो बन्द गर्नुहोस् । त्यो परम्पारलाई अन्त्य गर्नुहोस् । अब विज्ञानको विज्ञ विज्ञानमन्त्री, शिक्षाको विज्ञ शिक्षामन्त्री, उद्योग क्षेत्रको विज्ञ उद्योगमन्त्री र शहरी विकासको विज्ञ शहरी विकासमन्त्री बनाउने संस्कारको विकास गर्नुहोस् ।’

उनले प्रधानमन्त्रीलाई उत्कृष्ट र विज्ञ व्यक्तिलाई मन्त्री बनाउन पनि अपिल गरे । विज्ञ जनशक्तिले मात्र देश बनाउन सक्ने उनको जिकिर थियो । पत्रकार सम्मेलनमार्फत उनले विश्वविद्यालयबाट १५ श्रेणीका अवार्ड तथा कदर एवं प्रशंसापत्र घोषणा गरिएको जानकारी दिए । सो अवसरमा उपकुलपति सिंहले विश्वविद्यालयको एघारौँ सभामा भएका गतिविधि र खर्चको पनि स्पष्ट जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस