इँटाभट्टामा कार्यरत मजदुरलाई खोप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इँटाभट्टामा कार्यरत मजदुरलाई खोप


१२ पुस २०७८, सोमबार


काठमाडौँ । गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले इँटाभट्टाभट्टामा कार्यरत १७३ मजदुरलाई कोरोना खोप प्रदान गरेको छ ।

फाउण्डेशनले विडब्लु आई (विल्डिङ वर्कस युनियन)को सहकार्यमा भक्तपुरको दुवाकोटस्थित इँटाभट्टाभट्टामा कार्यरत मजदुरलाई आज कोरोना खोप प्रदान गरेको हो ।

फाउण्डेशनका महासचिव सूर्य नेपालले जनस्वास्थ्य कार्यालय चाँगुनारायणको सहकार्यमा १७३ मजदुरलाई भेरोसेल खोप प्रदान गरिएको जानकारी दिए । खोप लगाएकामध्ये १३९ श्रमिकले पहिलो मात्रा र ३४ श्रमिकले दोस्रो मात्रा खोप लगाएका हुन् ।

उक्त इँटाभट्टामा सुदूरपश्चिम क्षेत्रका मजदुर कार्यरत छन् । विडब्लु आइमा निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदुर युनियन र अखिल नेपाल निर्माण मजदुर सङ्घ आबद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस