२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वामी गिरीलाई विद्यावारिधि उपाधि

अ+ अ-

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले स्वामी केशवानन्द गिरीलाई नव्यव्याकरण विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालय अनुसन्धान केन्द्रको सिफारिसमा ‘पाणिनीयाष्टाध्याथ्यामद्वैतवादः’ अर्थात् ‘पाणिनिको अष्टाध्यायीमा अद्वैतवाद’ शीर्षकमा स्वामी केशवानन्द गिरीलाई विद्यावारिधि उपाधि दिइएको परीक्षा नियन्त्रक डा बाबुराम आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महेश सन्यास आश्रमले सञ्चालन गरेको महेश गुरुकूलमा अध्ययन गरी त्यहीँको प्रधानाध्यापकका रुपमासमेत सेवा गरिसक्नुभएका गिरी पछिल्लो समय पूर्वीय दर्शनलाई प्रविधिसँग जोडेर आममानिसलाई पठनपाठनमा सहजता बनाउने अभियानमा लागे ।

उनले चार लाख शब्द समावेश भएको संस्कृत– नेपाली विद्युतीय शब्दकोश तयार गरी सार्वजनिक गरे । शब्दकोशमार्फत उहाँले पूर्वीय दर्शनलाई प्रविधिसँग जोडे ।

शब्दकोशबाट संस्कृत, नेपाली, अङ्ग्रेजी र हिन्दी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोश एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी केएन स्वामी डटकममा पनि शब्दकोश हेर्न सकिन्छ ।

केशवानन्द हाल राष्ट्रिय गुरुकूल परिषद् नेपालका अध्यक्षसमेत छन् । परिषद्मार्फत देशभरका गुरुकूलको स्तरोन्नति एवं पठनपाठन सुधारमा केशवानन्दले ध्यान केन्द्रित गर्दै आएका छन् ।

पूर्वीय दर्शनका विभिन्न पुस्तकलाई आधुनिक साजसज्जासहित शुद्ध स्वरुपमा प्रकाशन गरिदिएर पनि उनले पूर्वीय दर्शनको ज्ञान लिन चाहनेका लागि ठूलो गुण लगाएका छन्।

प्रतिक्रिया दिनुहोस