माओवादीको महाधिवेशनमा ओली अनुपस्थित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादीको महाधिवेशनमा ओली अनुपस्थित


११ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् ।

ओलीले आफू झापामा भएकाले आउन नसक्ने अध्यक्ष प्रचण्डलाई जानकारी गराएका हुन् ।

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको बताइएको छ ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस