बैङ्कको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैङ्कको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग


१० पुस २०७८, शनिबार


काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैङ्कको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रवार एक विज्ञप्ति जारी गरी बैङ्क तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका हुन् ।

‘बैङ्कको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ’, अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनःबैंकको ब्याजदरका कारण समस्या खेपिरहेको बताए । उद्योग व्यवसाय गर्नेहरूले अहिले बैङ्कबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएको उनको भनाइ छ ।

पछिल्लो समय बैङ्कले तरलता अभावका बहानामा उद्योगी व्यवसायीलाई ऋण अड्काउने, मनपरी ढङ्गले ब्याजदर बढाउनेलगायत भइरहेका गतिविधिप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस