२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले जन्ममिति सच्चाएको छैन : न्यायाधीश खड्का

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति नसच्याएको स्पष्ट पारेको छ । न्यायाधीश खड्काले आज प्रेस विज्ञप्ति जारी गरी न्याय परिषद्द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको उल्लेख छ ।

“न्याय परिषद्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेत अभिलेखमा मेरो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको छ’, न्यायाधीश खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन, तसर्थ मेरो जन्ममिति फरकफरक रहेको भनी निराधार शङ्का गरी प्रकाशन गरिएको समाचार भ्रामक, असत्य र व्यक्तिगत पूर्वाग्रहपूर्ण छ भन्ने तथ्य प्रष्ट पार्न चाहन्छु ।’

एसएलसीलगायत आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रमा जन्ममिति विसं २०१४ जेठ २ गते भन्ने नै उल्लेख भएको र शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ सालमा आफूले भरेको निजामति कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) फारममा पनि मेरो जन्म सोही नै रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बीचका केही वर्षमा न्याय परिषद् वुलेटिन प्रकाशित हुँदा त्रुटिवश मेरो जन्म मिति २०१३–१०–२८ उल्लेख हुन गएको भएता पनि परिषद् आफैले सो त्रुटी सच्याई २०७१ सालदेखि हाल २०७८ साल पुस ३ गतेसम्म प्रकाशित न्याय परिषद् वुलेटिनमा पनि मेरो वास्तविक जन्म मिति २०१४–०२–०२ भनी उल्लेख गरिएकाले मेरो जन्म मितिको सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनुपर्ने कारण छैन’

न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको न्यायाधीश खड्कोको भनाइ छ । न्यायाधीश खड्काले दुई मितिमा २०१३ माघ २८ र २०१४ जेठ २ मा दुई वटा नागरिकता लिएको भन्ने सार्वजनिक भएको थियो । तर अघिल्लो मिति न्याय परिषद्को वुलेटिनमा त्रुटिवस हुन गएको र आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्रका २०१४ साल जेठ २ नै रहेको उनले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस