२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको आज आयोजित ४६औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विश्वले चाहेको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए ।

परम्परागत रुपमा चल्दै आएको शिक्षा र शिक्षण पद्धतिलाई परिमार्जन गर्दै जीवनोपयोगी शिक्षा प्रदान गर्न ढिला गर्न नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले समय सुहाउँदो, युगले मागेको प्रविधिलाई आत्मसात गर्नुपर्ने उल्लेख गरे। गण्डकी प्रदेश साक्षर घोषणा भइसकेको र त्यसकै जगमा टेकेर अब समृद्धिको बाटोमा अगाडि बढ्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । ‘गण्डकी प्रदेशले शिक्षालाई प्राथमिकतामा राखेको छ, साक्षर प्रदेश घोषणा भइसकेको छ, त्यसकै जगमा टेकेर दक्ष जनशक्ति उत्पादनका लागि सबैको सामूहिक प्रयास आवश्यक छ’, उनले भने । समुदायबाट सञ्चालित सत्यवतीले मुलुकको शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्‍याएको उनले भने ।

गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले विज्ञान र प्रविधियुक्त शिक्षा दिई शैक्षिक गुणस्तरयता कायम गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा सत्यवतीले पुर्‍याएको योगदान उदाहरणीय रहेको बताए।

गण्डकी प्रदेशका नीति तथा योजना अयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनको थलो सत्यवती बनेको बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शैक्षिक सुधारका लागि नगरपालिकाको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल लगायतले समयसापेक्ष पठनपाठन कार्यलाई सत्यवतीले अङ्गिकार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान, विद्यार्थीलाई पुरस्कार वितरण गरिनुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्राथमिक विद्यालयको रुपमा सुरु विद्यालयले शैक्षिक यात्राका क्रममा ४५ औं वसन्त पार गर्दा पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म शिक्षा, व्यवस्थापन, विज्ञान तथा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए। विद्यालयले हालसम्म दक्ष जनशक्तिको रुपमा डाक्टर, इन्जिनियर, व्यवस्थापक, शिक्षकका साथै अन्य क्षेत्रमा समेत जनशक्ति उत्पादन गरेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस