काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ ।
महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा भएपछि शनिबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्ने र शनिबार पहिलो बैठक बस्ने कार्यक्रम रहेको जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।
२७ मंसिरमा काँग्रेसले केन्द्रीय कार्यसमितिका १३४ पदमा निर्वाचन गरेको थियो । त्यसमध्ये अहिलेसम्म १०६ पदको परिणाम सार्वजनिक भइसकेको छ भने आदिवासी जनजाति १५ र खस आर्य समूहका १३ गरी २७ पदको परिणाम सार्वजनिक हुन बाँकी छ ।