उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उत्तरपश्चिम पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते


८ पुस २०७८, बिहिबार


इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् ।

कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्‍याएका छन् र घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटना इस्लामाबाद-पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो।

हालै, पाकिस्तानको ठुलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ।

यसैबिच, कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरबाही पाकिस्तानमा सडक दुर्घटनाका अन्य प्रमुख कारणहरू हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस