संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो : पूर्वप्रधानमन्त्री भट्टराई « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो : पूर्वप्रधानमन्त्री भट्टराई


७ पुस २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद्मा अवरोध नगरी प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्नुपर्ने बताएका छन् । नेकपा (एमाले)को अवरोधका बीच चलेको संसद् बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताए ।

‘जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास गर्ने उच्चतम् थलो हो, यसमा असहमति हुन सक्छन्, तर प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्ने हो, अवरोध गर्ने होइन’, उनले भने, ‘राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दा होइन, आफ्नो पार्टी फुट्यो भन्ने निउँमा यसरी महिनौँसम्म बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो ।

प्रतिपक्षीले अनिश्चित ढङ्गले संसद्लाई बन्धक बनाउन लोकतन्त्र कमजोर हुने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले छिटोभन्दा छिटो प्रतिपक्षले संसद् सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए । एमालेको अवरोध कायम रहे अन्तर्राष्ट्रिय परम्परा र संसदीय मर्यादानुसार संसद्लाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस