२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ सहसचिवको सरुवा, काठमाडौँ महानगरका ज्ञवाली मन्त्रालयको अतिरिक्तमा

अ+ अ-

काठमाडौँ । सरकारले १५ सहसचिवको सरुवा गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बुधवार मन्त्री स्तरीय निर्णयबाट सङ्घ, प्रदेश तथा स्थानीय तहका कार्यरत सहसचिवहरूको सरुवा गरेका हुन् । 

सिंहदरवार उच्च स्रोतबाट प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार मधेसी आयोगका लोकनाथ पौडेललाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका छन् भने महानगरका राजेश्वर ज्ञवालीलाई मन्त्रालयको अतिरिक्तमा तानेका छन् । महानगरबाट ज्ञवालीलाई झिक्ने र पौडेललाई पठाउने विषयमा केही राजनीतिक तरङ्ग तरङ्गिए पनि मन्त्रीले आफ्नो निर्णय नै अन्तिम हुने बताएका थिए । 

सरुवा हुने अन्य सहसचिवहरूमा मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आदिवासी जनजाति आयोगका भोला दाहाल अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका नीराजन घिमिरेको दलित आयोगमा सरुवा भएको छ । 

यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकी यमुना प्रधानलाई सङ्घीय सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र प्रदेश नम्बर १ कोसामाजिक मन्त्रालयका सचिव कमल भट्टराईलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख राजीव पोखरेलको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा सोही मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाई ल्याइएको छ । विष्ट स्वास्थ्य मन्त्रालयमा काम गरिसकेको भए पनि सिङ्गो कर्मचारीतन्त्रको नेतृत्व गर्ने सामान्य प्रशासन मन्त्रालयमा क्षमता हेर्न बाँकी नै छ भने टिमवर्कमा कुशल ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने पोखरेल निर्णायक तथा व्यवस्थापकीय हिसाबले अब्बल प्रशासकका रूपमा चिनिन्छन् । 

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शङ्कर नेपाललाई प्राकृतिक स्रोत तथा वित्त आयोग, कलैया उपमहानगरपालिकाका तीर्थ चिलवालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ध्रुव गैँडाको बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा भएको छ । पुडासैनी सचिवको लाइनमा भएकोले प्रदेशको अनुभवका लागि बागमती गएका हुन् ।

सरुवा भएका सबैको पत्र तयार भईसकेको स्रोतले बताएको छ । सम्भवतः भोली पत्र बुझेसँगै सरुवा भएको ठाउँमा हाजिर हुनेछन् ।

प्रतिक्रिया दिनुहोस