२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५ सय अङ्क नाघ्यो नेप्से, कारोबार रकम झन्डै दोब्बर

अ+ अ-

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २५ सय अङ्क नाघेको छ । बुधबार नेप्सेले ९२.१६ अङ्कको छलाङ मारेसँगै २५०७ अङ्कमा पुगेको हो ।

कारोबार रकम मंगलबारको तुलनामा झन्डै दोब्बर भएको छ । मंगलबार २ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

सबै उपसमूहमा हरियाली छाएको छ । बैङ्किङ ३७, व्यापार २०२, होटल तथा पर्यटन १०३, विकास बैङ्क २३०, जलविद्युत १६२, फाइनान्स ७४, निर्जीवन बीमा ४८७, उत्पादन ४५२, अन्य ६४, माइक्रो फाइनान्स १८२ र जीवन बीमा उपसमूह ५०२ अङ्कले बढेका छन् ।

१८६ कम्पनीको सेयर मूल्य बढ्यो भने २ कम्पनीको मात्रै घट्यो । एउटा कम्पनीको मूल्य स्थिर रह्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

अरुणभ्याली हाइड्रो, बरुण, माथिल्लो तामाकोसी, शिवम् सिमेन्टको मूल्य १० प्रतिशतले बढेको हो । स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्सको मूल्य ९।९ प्रतिशतले बढेको छ । धेरै कारोबारका आधारमा हिमालयन डिस्टिलरी अगाडि रह्यो ।

तरलता सङ्कट समाधानका लागि केही उपाय अपनाइएसँगै बजारमा सकारात्मक प्रभाव परेको हो । सरकारले स्थानीय तहको ८० प्रतिशत रकम बैङ्कमा निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था गरेको छ ।

त्यस्तै राष्ट्र बैङ्कले आयातित बस्तुको एलसी खोल्दा नै बस्तुको प्रकृतिअनुसार शत प्रतिशतसम्म बैङ्कमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा तरलतामा केही सहजता हुने अनुमानका बीच सेयर बजार बढेको हो ।

प्रतिक्रिया दिनुहोस