काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा कुनै पनि दललाई नबोलाउने भएको छ । यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलनमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।
आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, ज्येष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनीत ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।
प्रदेशहरुबाट ८ सय र अन्य विभिन्न कमिटीहरुबाट प्रतिनिधि छानिने प्रवक्ता महराले बुधबार पत्रकार सम्मेलनमा बताए । महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरु चयन भइसकेको उनले जानकारी दिए ।
यस्तै, फरक प्रसङ्गमा एमसिसीको बारेमा पार्टीको स्पष्ट धारणा रहेको पनि उनले बताए । माओवादीले एमसिसी यथास्थितिमा पारित गर्ने पक्षमा नरहेको पनि उनले बताए ।