अवैध लागूऔषध सहित एक जना पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अवैध लागूऔषध सहित एक जना पक्राउ


७ पुस २०७८, बुधबार


पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीबाट करिब २ केजी अवैध लागूऔषध पोल्याण्ड सहित एक जना पक्राउ परेका छन् ।

धदिङ गल्छी नगरपालिका–५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश ३–०२–०१४ प ७०१८ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तामाङलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस