कार्यव्यवस्था परामर्श बैठक सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कार्यव्यवस्था परामर्श बैठक सुरु


७ पुस २०७८, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा बैठकको पूर्व सन्ध्यामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हो ।

प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न बैठक डाकिए पनि प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो अडानबाट पछि हटेको छैन ।

एमालेले आफ्नो दलले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी रहुञ्जेल बैठक चल्न नदिने बताउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस