२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुद्दा फैसलामा ढिलाइ हुँदा बहुमूल्य काठ सड्दै

अ+ अ-

महोत्तरी । न्यायिक निकायले समयमै मुद्दाको फैसला नगर्दा बहुमूल्य काठ सड्न थालेको छ ।

जिल्लाका विभिन्न वनमा चोरी कटानका क्रममा वनका कर्मचारीले बरामद गरेको काठ दैनिक सड्न थालेको छ ।

मुद्दा समयमै फैसला नहुँदा लिलामी प्रक्रियामा लैजान नसकिएको जिल्ला वन कार्यालयका कार्यालयका रेञ्जर सन्तोषकुमार यादवले जानकारी दिए ।

चोरी कटान भएका काठ बरामद गरिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ ।

बरामद गरिएका दुई लाख बिगोभित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास तथा त्यसभन्दा बढीको सुनवाइ जिल्ला अदालतले गर्ने कानुनी व्यवस्था छ ।

बरामद गरिएको चार हजार क्यूफिट काठ डिभिजन वन कार्यालयमातहतको सशस्त्र वन सुरक्षा शाखा, माईस्थानको कार्यालय परिसरमा थन्किएको छ ।

चार वर्षयता बरामद गरिएको काठ सड्ने र धोद्रिने क्रममा छ । डिभिजन वन कार्यालयमा २०४८ सालयता १९८ वन मुद्दा (काठ चोरी निकासी) परेका डिभिजन प्रमुख विनोदकुमार सिंहले बताए ।

यी मुद्दा दुई लाख बिगोभित्रका हुन् । यसबाहेक २०० भन्दा बढी मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन् ।

यस्तै पूर्वपश्चिम रेलमार्ग र विद्युत् प्रसारण लाइन निर्माणका लागि कटान गरिएको काठ पनि जिल्लाका विभिन्न ठाउँमा राखिएको छ ।

कटान भएको काठको लिलामीका लागि वन मन्त्रालयसम्मको स्वीकृति लिनुपर्ने प्रावधान छ । यस क्रममा कुकाठ भने बिक्री गरिएको सिंहले बताए ।
हाल सड्न थालेको काठ करोडौँ रुपैयाँको रहेको वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस