काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (खुला) दुई पदमा डा रणबहादुर रावल (२,६६९) र यज्ञराज जोशी (२,०४४) मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
सो पदका अन्य उम्मेदवार गणेशराज भट्ट (४२२), दिवानसिंह विष्ट (१,७१२), पुष्करराज ओझा (४५०) र भरतबहादुर खड्काले (१,८०६) मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (महिला) एक पदमा सुशीला मिश्र भट्ट (२,४२२) मतका साथ निर्वाचित भएका छन् । सो पदका अन्य उम्मेदवार चन्द्रादेवी जोशी (१,७६३) र रमिता शाही देउवाले (४०३) मत प्राप्त गरेको समितिले जनाएको छ ।