२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूनस्तरका खाद्य सामग्री बिक्री गरेकामा मुद्दा

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आवको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादनका साथै बिक्री वितरण गरेको कसुरमा २७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको छ ।

विभागले नियमानुसार दायर गरेका मुद्दामध्ये दूध तथा दुग्ध पदार्थका नौ वटा, मसला पदार्थका पाँच, खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थ पाँच, प्रशोधित पिउने पानीका तीन, चियाका दुई, सोयाससको एक, तेलको एक र दानाको एक छन् ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार मुद्दामध्ये दूषितसम्बन्धी ११, न्यून गुणस्तरका नौ, खाद्य ऐन नियम निर्देशिका उलङ्घनसम्बन्धी एक, लेबल लगायतका विवरण नमिलेका छ वटा मुद्दा दर्ता भएका छन् ।

खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था छ ।

यस प्रथम त्रैमासिक अवधिमा विभागले उत्पादन दर्ता १९ र नवीकरण ६७ वटा आहारपूरक खाद्यपदार्थ नियमन गरेको जनाएको छ ।

त्यसै गरी १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १६ हजार ३१० नमुना सङ्कलन गरी जाँच विश्लेषणका साथै नियमन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस