१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

आज (आइतबार) १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौँको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र भन्दै उनले यस्तो बताएका हुन् । साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बनाउने उनको भनाइ छ ।

‘हाम्रो मौलिक संस्कृतिलाई जीवित राख्नु हाम्रो साझा दायित्व हो’, प्रधानमन्त्री देउवाले भने, ‘साझा मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता बनाउँछ ।’

ज्यापु समाजको कार्यक्रममा बोल्दै उनले उपत्यकामा ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न योगदान गरेको उल्लेख गरे । संस्कृतिको संरक्षणका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धतासमेत प्रधानमन्त्री देउवाले जनाएका छन् ।

‘ज्यापु समाजको छुट्टै मौलिकताले उपत्यकाको समाज विकासमा उल्लेखनीय योगदान गरेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘ज्यापु समुदायले आफ्नो परम्परालाई जीवित राख्न गरेको योगदान संरक्षणका लागि सरकार सहयोग गर्न प्रतिबद्ध छ ।’

उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धार्मिक र सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपालको जस्तो भौगोलिक विविधता र प्राकृतिक सम्पदा विश्वमै कतै नभएको उल्लेख गरे । मौलिक परम्पराले अनेकतामा एकता सिर्जना गर्दै राष्ट्रिय एकता निर्माणमा सहयोग पुग्ने उनको विश्वास छ ।

कार्यक्रममा ज्यापु समुदायमा योगदान गर्ने समाजका विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको छ । ज्यापु संस्कृतिको संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले गरेको योगदानका लागि मेयर विद्यासुन्दर शाक्यलाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस