एमाले उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड


२ पुस २०७८, शुक्रबार


काठमाडौँ। नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको जिम्मेवारी व्यवसायी मोतीलाल दुगडलाई दिने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

२०७१ असोज १२ गते एमाले प्रवेश गरेका व्यवसायी दुगड २०७६ मंसिर ५ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए । दुगड ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए ।

विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले जिम्मेवारी पाएका छन् । उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस