२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से ६ प्रतिशतले बढ्यो ,आजका लागि कारोबार बन्द

अ+ अ-

काठमाडौँ । सेयर बजार मापक सूचक नेप्से आज (मंगलबार) ६.०१ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो । नेप्से परिसूचक २४१८.८५ अङ्कमा पुगेको छ ।

पछिल्लो २ दिन १ सय ६८ अङ्कले घटेको बजार सूचक आज एकैदिन १३७.१८ अङ्कले बढेको हो ।

नेप्सेका प्रवक्ता मुरहरी पराजुलीका अनुसार आजको लागि बजार बन्द भएको हो । लामो समयपछि सेयर बजारमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार सुरु भएको पहिलो १ घण्टामा नेप्से ४ प्रतिशतमा घटबढ भएमा पहिलो सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार बन्द हुन्छ ।

कारोबार अवधि १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले बजारमा घटबढ भएमा दोस्रो सकारात्मक सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि स्थगित हुन्छ । आज १२.३८ मिनेट बजार ५ प्रतिशतले बढेर ४० मिनेटका लागि बजार बन्द भएको थियो ।

पहिलो सर्किट ब्रेक हुँदासम्म बजार ११४.२५ अङ्कले बढेर २३९५.९३ अङ्कमा पुगेको थियो । यस अवधिमा ३२ लाख ६४ हजार ३५८ कित्ता सेयर किनबेचबाट १ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

पहिलो सर्किट ब्रेक पश्चात् कारोबार सुरु भएको केही समयमा नै ६ प्रतिशतले नेप्से बढेपछि दिनभरका लागि कारोबार स्थगित गरिएको हो । एक दिनमा नेप्से ६ प्रतिशतले मात्रै घटबढ हुनसक्ने व्यवस्था रहेको छ ।

कारोबार बन्द हुँदासम्ममा २२० कम्पनीका ४० लाख ८५ हजार ९५६ कम्पनीको सेयर खरिदबिक्रीबाट १ अर्ब ८४ करोड कारोबार भएको छ । आज अधिकांश समूहगत उपसूचकहरुमा हरियाली छाएको छ ।

बैङ्किङ समूह ६८.५ अङ्क, व्यापार समूह १८०.२८ अङ्क। होटल तथा पर्यटन समूह १७३.२६ अङ्क, विकास बैङ्क समूह ३५८.६८ अङ्क, जलविद्युत समूह १९८.५५ अङ्क, वित्तीय समूह १६७.७१ अङ्क, निर्जीवन बीमा समूह ६४५.१८ अङ्क, उत्पादन तथा प्रशोधन समूह ३०४.७४ अङ्क, अन्य समूह १२८.४२ अङ्क, लघुवित्त समूह २८५.५७ अङ्क, जीवन बीमा समूह ६६१.६९ अङ्क, सामूहिक लगानी कोष समूह ०.२४ अङ्क र लगानी समूह ५.५६ अङ्कले बढेका छन् ।

आज ३८ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । ९ करोड ८ लाख रुपैयाँको सेयर कारोबार गर्दै आज पनि नविल बैङ्क कारोबार रकमका आधारमा सबैभन्दा अगाडि छ ।

प्रतिक्रिया दिनुहोस