शेखर कोइराला पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शेखर कोइराला पत्रकार सम्मेलन गर्दै


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । काँग्रेस सभापतिमा दोस्रो धेरै मत ल्याएका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचन लड्ने भएका छन्।

उनले सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग दोस्रोपटक चुनाव लड्ने भएका हुन्।

दोस्रो पटकको चुनावमा देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरिसकेका छन्।

कोइराला देउवासँग चुनाव लड्ने मनस्थितिमा छन्। उनले अहिले हात्तीसारस्थित एक होटलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्दैछन्।

Tags :
प्रतिक्रिया दिनुहोस