ओलीजीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो: नेता रावल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीजीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो: नेता रावल


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र गुटबन्दी तीब्र भएको बताएका छन्।

एमालेमा विभागहरुको कार्यविभाजनलाई लिएर रावलले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।’

Tags :
प्रतिक्रिया दिनुहोस