२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामी मुलुकमा नियन्त्रित अराजकता ल्याउन दिँदैनौं : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताएका छन् ।

बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उनले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पारे । उनले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने भनाइ राखे ।

अध्यक्ष ओलीले पार्टीले मात्र राष्ट्रिय र एकता जोगाउने जिकिर गरे । ‘राष्ट्रिय एकता जोगाउन राष्ट्रिय एजेण्डा, विचार दृष्टिकोण र उद्देश्य हुनुपर्दछ’ उनले भने, ‘राष्ट्रिय समस्या पहिचान नगरी राष्ट्रिय र एकता जोगाउन सकिन्न ।’

उनले कुनै कमिटीमा छानेर नेता हुने भ्रम पनि नराख्न आग्रह गरे । ‘पार्टी चोइटिएपछि पार्टी अध्यक्ष भइहालिन्छ । अध्यक्ष, उपाध्यक्षजस्ता पद प्राप्त गर्ने कुरा ठूला होइनन्’ उनले भने, ‘नेताको आनीबानी, अरुसँग गर्ने व्यवहारले पनि नेतालाई स्थापित गर्दछ ।’

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले चितवनमा सम्पन्न भएको पार्टी महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएको बताए । भोलिदेखि शुरु हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी रणनीति र कार्यभार बनाउनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस