२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तुलसीपुर व्यापारिक केन्द्र भएकाले विकास आवश्यक छ’

अ+ अ-

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तुलसीपुर व्यापारिक केन्द्र भएकाले यसको विकास आवश्यक भएको बताएका छन् ।

चन्द्र सूर्य यातायात प्रालिले तुलसीपुरमा आयोजना गरेको प्रथम प्रादेशिक फेस्टिभलको आज उद्घाटन गर्दै उनले तुलसीपुर एउटा व्यापारिक केन्द्र पनि भएको भन्दै यसलाई अझै व्यवस्थित गर्न सके यहाँको भविष्य उज्जवल हुने बताए । उनले मेला महोत्सव सार्वजनिक समारोह भएकाले सार्वजनिक हित, सांस्कृतिक प्रभाव, बजार व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने बताए ।

मुलुकमा कोरोनाको अर्को भेरियन्ट आइसकेको भन्दै जनताको जीवनलाई सहज बनाउनका लागि महामारीको जोखिम हेरेर महोत्सवमा रोक लगाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

महोत्सव मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्याराग्लाइडिङ, विभिन्न जातजातिका खानाका परिकार, विदेशी गाडी, मोटरसाइकलको स्टल तथा एक्सचेन्ज अफर, कृषि, घरेलु तथा स्थानीय उत्पादनको प्रदर्शन एवं बिक्री वितरण हुनेछ । अटो मोबाइल प्रदर्शनी पनि हुने मूल आयोजक समिति संयोजक शम्भु रेग्मीले बताए । महोत्सव तुलसीपुर-६ बरुवागाउँमा सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस