हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को मृत्यु


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ ।

रावतसहित उनको पत्नी मधूलिका र थप ११ जनाको निधन भएको छ ।

सम्बन्धित समाचार : भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रावत सवार हेलिकोप्टर बुधवार दिउँसो निलगिरीमा दुर्घटनाग्रस्त भएको थियो । यसअघि उनी भारतीय स्थल सेनाध्यक्ष रहेका थिए ।

उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस