भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर आज (बुधबार) दुर्घटनामा परेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो ।

रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टरमा भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ ।

इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस