साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल पक्षको छलफल जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल पक्षको छलफल जारी


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल जारी छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापतिलगायत पदका आकांक्षीहरु छलफलमा बसेका हुन् ।

मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न सकेका छैनन् ।

पौडेल पक्षबाट सभापतिका आकांक्षी डा. शशांक कोइरालाले दावी छाडे पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी छन् ।

यसअघि पौडेल पक्षले बुधबार दिउँसो आफ्नो पक्षका जिल्ला सभापति र प्रदेशस्तरका नेताहरुसँग छलफल गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस