३७ अङ्कले घट्यो नेप्से, कारोबार रकममा झन्डै डेढ अर्ब कमी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

३७ अङ्कले घट्यो नेप्से, कारोबार रकममा झन्डै डेढ अर्ब कमी


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से ३७. १८ अङ्कले घटेको छ । सो अङ्कको कमीपछि परिसूचक २५०८ अङ्कमा झरेको छ ।

दिउँसो १२ बजे परिसूचक २५८९ अङ्कसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिम समयसम्म सम्हालिन सकेन ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै डेढ अर्ब आएको छ । हिजो (सोमबार) ४ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ३ अर्ब १२ करोडमा खुम्चिएको छ ।

कुल १६० कम्पनीको मूल्य घटेको छ भने २६ कम्पनीको बढेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

यस दिन अधिकांश उपसूचक घटेका छन् । बैङ्किङ १३, विकास बैङ्क १४०, फाइनान्स ९०, होटल तथा पर्यटन ४९, जलविद्युत ७४, जीवन बीमा ७३, उत्पादन ९२, माइक्रोफाइनान्स ७२, निर्जीवन बीमा १६० र अन्य ५६ अङ्कले घटे । व्यापार उपसमूह भने २१ अङ्कले बढ्यो ।

आइसीएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशतले घट्यो । कारोबारका आधारमा भने प्राइम कमर्सियल बैङ्क अग्रस्थानमा रह्यो ।

सो कम्पनीको १२ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भयो । सिटिजन्स म्युचुअल फन्ड २ र लक्ष्मी इक्वीटी फन्डको मूल्य साढे ४ प्रतिशत हाराहारीमा बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस