दुबई उड्न लागेका ७६ यात्रुलाई अध्यागमनले फर्कायो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुबई उड्न लागेका ७६ यात्रुलाई अध्यागमनले फर्कायो


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । अध्यागम कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट फर्काइदिएको छ ।

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको बताइएकाे छ ।

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी एयर्पोर्ट आएको र कागजातसमेत नभएकोले फर्काइएको हाे ।

आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस