पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचनको घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचनको घोषणा


२० मंसिर २०७८, सोमबार


लिस्बोन । पोर्चुगलमा संसद् विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद् विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् ।

उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ ।

सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन गरिएको छ । संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद् विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन् ।

सरकारको बजेट पारित गर्नका लागि गत अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस