३२ अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३२ अङ्कले बढ्यो नेप्से


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से ३२ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २५४६ अङ्कमा पुगेको छ ।

सोमबारको बजारमा उच्च उतारचढाव देखिएको छ । कारोबार खुलेको एक घण्टामै मध्यान्ह १२ बजे ७२ अङ्कसम्म झरेको बजारमा त्यसपछि क्रमिक सुधार देखिएको हो ।

कारोबार रकममा पनि सुधार आएको छ । दिनभर ४ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ ।

यसअघि आइतबार ४ अर्ब ९ करोडको कारोबार भएको थियो । सबै उपसमूहमा हरियाली छाएको छ ।

बैङ्किङ १३, विकास बैङ्क १५७, फाइनान्स ५७, होटल तथा पर्यटन ४१, जलविद्युत ८२, जीवन बीमा १२३, उत्पादन ६२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा २६, अन्य ३१ व्यापार उपसमूह ३ अङ्कले बढेका छन् ।

कुल १५७ कम्पनीको मूल्य बढ्यो भने २५ कम्पनीको घट्यो । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । मेरो माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो । एक्सल डेभलपमेन्टको ९.५ तथा साहस ऊर्जाको ८ प्रतिशतले मूल्य बढ्यो । जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस