प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ ।

सरकारले भारतका लागि डा. शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसद्मा पठाएको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोच र अवधारणा प्रस्तुत गर्ने र त्यसमा संसदीय समितिलाई चित्त बुझेमा उनीहरुको नाम अनुमोदन हुनेछ ।

यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिसमा समावेशिताको प्रश्न उठाएर उजुरी गर्ने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो ।

उनीहरु तीनै जनाको संसदीय सुनुवाइका लागि यसअघि बोलाइएको बैठक आवश्यक गणपूरक सङ्ख्या न्यून भएपछि स्थगन भएको थियो । ती मुलुकमा यसअघि रहेका राजदूत नीलाम्बर आचार्य, डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहँदैआएको छ ।

समिति सभापति लक्ष्मणलाल कर्णले तीनै जना प्रस्तावित राजदूतको सुनुवाइ आजै सम्पन्न हुने जानकारी दिए । राजदूतको संसदीय सुनुवाइको सुरुआत बेलायतका लागि प्रस्तावित राजदूत आचार्यबाट भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस