१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा नै आजको आवश्यकता : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आज यहाँ आयोजित नवौँ साधारणसभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले विशेषतः त्यस क्षेत्रका नागरिकलाई उच्च शिक्षामा सहज पहुँचको सुनिश्चिता गर्दै शिक्षित समाज निर्माणमा आफूलाई अग्रपङ्क्तिमा उभ्याउने छ भन्ने अपेक्षा गरे ।

एक्काइसौँ शताब्दीको विश्वपरिवेशमा समायानुकूल उत्कृष्ट जनशक्ति उत्पादन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा योगदान दिन सक्ने शैक्षिक कार्यक्रम विश्वविद्यालयले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । सो अवसरमा प्रधानमन्त्री देउवाले हाल विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक गतिविधिलाई अझै व्यावसायिक, वैज्ञानिक, अनुसन्धानमूलक, सेवामूलक तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने थलोका रूपमा विकसित गरी देशको चौतर्फी विकासमा कोसेढुङ्गा बनोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

विश्वविद्यालयले सुदूरपश्चिमको भाषा, संस्कृति र प्राकृतिक सम्पदाको अध्ययन अनुसन्धान गर्ने कार्यमा विशेष जोड दिनेछ भन्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमणले विश्वविद्यालयका विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भएको सर्वविदितै छ । यस महामारीको अवधिमा पनि वैकल्पिक विधिबाट शैक्षिक, प्राज्ञिक, अध्ययन तथा अनुसन्धान एवं परीक्षाका सम्पूर्ण गतिविधि समयमा नै सफलतापूर्वक सम्पन्न भएका छन् ।’

यस विश्वविद्यालयको शैक्षिक एवं प्राज्ञिक उन्नयनका सन्दर्भमा रहेका चुनौतिहरूप्रति आफू जानकार नै रहेको बताउँदै प्रधानमन्त्री देउवाले यसमा पदाधिकारी, सभासद्लगायत विद्वतवर्गले सहकार्य र सहजीकरण गर्दै विश्वविद्यालयलाई गतिशील बनाउनेछ भन्ने विश्वास व्यक्त गरे । साथै उनले विश्वविद्यालयको विकासमा नेपाल सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले सुदूरपश्चिम विश्वविद्यालयले उच्च शिक्षामा जनताको पहुँच विस्तार गर्दै राष्ट्रलाई आवश्यक गुणस्तरीय जनशक्तिको परिपूर्ति गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरी देशको आवश्यकता परिपूर्ति गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले देश निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रूपमा आफूलाई उभ्याई एक दशकमै शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सफल भएकोमा विश्वविद्यालय परिवारलगायत सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस