२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी

अ+ अ-

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदिश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौँ) का हुन् ।

यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) छन् । त्यस्तै अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा छन् । अर्का उम्मेदवार प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाई र सर्मथकमा कुन्दनराज काफ्ले छन्।

उनीहरुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर निर्वाचान कार्यालय हेटौँडामा आज उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेस बागमती प्रदेश समितिको सभापति र पदाधिकारीसहितको प्यानल बानियाँ आज उम्मेदवारी घोषणा गरी मनोनयन दर्ता गराउन गएका थिए ।

बानियाँको प्यानलमा उपसभापति पदका लागि मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौँ), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौँ) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ(सिन्धुपाल्चोक), महेन्द्र थिङ र निरु खड्का (ललितपुर) उम्मेदवार छन् । यससमेत ८३ सदस्य निर्वाचनमा भाग लिनेछन् ।

यसैगरी सभापतिमा प्रत्यासी उम्मेदवार केसीको प्यानलमा उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहनबहादुर बस्नेत, महामन्त्री पदका लागि रामचन्द्र अर्याल (माइकल) र कञ्चनचन्द्र बादेलगायत छन् । निर्वाचनअन्तर्गत यही मङ्सिर १८ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश प्रतिनिधिका रुपमा चुनिएर आएका करिब दुई हजार १०० मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिए।

उक्त अधिवेशनबाट प्रदेश सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री तीनसहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने भएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस